दार्चुला : भान्साकोठा, घर तथा वनमा लागेको आगो नियन्त्रण गर्ने उपायका बारेमा सुरक्षाकर्मीको टोलीले कृतिम अभ्यास प्रर्दशन गरेको छ । नेपाली सेनाको गुरु गोरख गुल्मको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्ला सदरमुकाम खलंगाको बसपार्क क्षेत्रमा आगलागी नियन्त्रण कृतिम अभ्यास प्रर्दशन गरिएको हो । सुख्खायाममा वन जंगलमा हुने आगलागी तथा भान्साकोठा र विद्युत सटसर्किट भई घरहरुमा लाग्ने आगो नियन्त्रण गर्ने उपायका बारेमा आम सर्वसाधारणलाई जानकारी गराउन कृतिम अभ्यासको आयोजना गरिएको गुरुगोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्लाले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा वन जंगल, भान्सा कोठाको ग्यास र विद्युत सटसर्किट भई घरहरुमा लागेको आगो नियन्त्रण गर्ने उपायका बारेमा कृतिम अभ्यासमा प्रर्दशन गरेका थिए ।

   कृतिम अभ्यासमा विद्युत सटसर्किट भई एउटा घरमा लागेको आगो अरु तिन ओटा घरमा सल्किन्छ र घर भित्र रहेका केहि मानिस बाहिर निस्किन सफल हुन्छन भने केहि मानिस भित्रै अडकिएको देखाइन्छ । त्यसपछि बाहिर निस्केका मानिसहरुले सबै गाउलेलाई गुहार माग्दै लागेको आगो निभाउन पानी छ्याप्छन र रोइकराई गर्दछन् । घरहरुमा लागेको आगो नियन्त्रण नभएपछि सुरक्षाकर्मीलाई खबर गरिन्छ र सुरक्षाकर्मीहरु आएर दमकलको सहायताले आगो नियन्त्रण गर्दछन र घर भित्र फसेका मानिसलाई बाहिर ल्याएर प्राथमिक उपचार गरिन्छ । त्यसपछि थप उपचारका लागी एम्बुलेन्स मार्फत अस्पताल पठाइन्छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखाले आगलागी बाट घाइते भएकाहरुको प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा जानकारी गराएको थियो । घरहरुमा लागेको आगो नियन्त्रण पछि नेपाल प्रहरीले क्षति बारेको मुचुल्का तयार पार्दछ र पिडितलाई विभिन्न संघ संस्थाहरुबाट राहातको व्यवस्थापन गरिन्छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले आगलागी हुने सिजनमा सलाई लाइटर जस्ता ज्वलनशिल बस्तुहरुको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सबैमा आग्रह गर्नु भएको छ ।

साथै उहाले सुरक्षाकर्मीले प्रर्दशन गरेको कृतिम अभ्यासको सिको गरेर आगलागीका घट्नाहरु न्युनिकरण गर्न सकिने समेत बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्की, महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्ट, सुरक्षा निकायका प्रमुख, स्थानिय लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । आगलागी नियन्त्रण गर्ने सुरक्षाकर्मीको कृतिम अभ्यास असाधै राम्रो र प्रभावकारी रहेको धेरैले प्रतिक्रिया दिएका छन् । Dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय