दार्चुला । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले पहिलो पटक दुहुँ गाउँपालिकाको भ्रमण गर्नु भएको छ ।
नेपाल सरकारका बिशिष्ट श्रेणीका कर्मचारी डा. रेग्मीले दुहुँमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थल सिलङचौरा बहुउदेश्यिय झोलुङगेपुल लगायत भौतिक पुर्वाधार निर्माण सँग सँगै पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण गर्नु भएको गाउँपालिकाले जनाएको छ ।
सचिव डा. रेग्मीको स्वागतमा दुहुँबासीहरुले फुलमाला, खादा र पञ्चेबाजा सहित नेपालकै दोस्रो लामो झोलुङगेपुल देखी गाउँपालिकाको केन्द्र हिकिला सम्म स्थानिय नाच (सरों) नाच्दै पुगाएका थिए । गाउँपालिकामा स्थानिय, कर्मचारी र जनप्रतिनिधिहरुले स्वागत गरेका थिए ।
महास्कन्धपुराणमा उल्लेखित यो शिव अंश दुर्वाशा ऋषिको आश्रमस्थल तथा गौतम बुद्धले तपस्या गरेको तपोभुमी सम्म आउन पाउँदा शान्ति र शुखको महशुस भएको डा. रेग्मीले बताए ।
प्राकृतिक, धार्मिक तथा पुरातात्विक दृष्टिले ऐतिहासिक महत्व बोकेको दुहुँको तपोभुमी सम्म निमन्त्रणा दिई पथप्रदर्शनि गर्ने र यो यात्रालाई सहज गर्नमा सहयोग गरेको भन्दै मेलौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भानुभक्त भट्ट र दुहुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र बडाललाई सचिव डा. रेग्मीले बिशेष धन्यवाद दिनु भएको छ ।
दार्चुला जिल्लाको सदरमुकाम खलंगासम्म मन्त्रालयको खेलाडीहरुलाई सचेतना कार्यक्रमका लागि सचिव डा. रेग्मी आउनु भएको भएतापनी दुहुँमा गरिएको भब्य स्वागतले समस्त दुँहुबासी, जनप्रतिनीधि, कर्मचारी र दुहुँ गाउँपालिकाले आफ्नो मन जितेको वताए । दुहुँ गाउँपालिका भाद्र १३ गते रातिको अबिरल बर्षा सँगै आएको बिनाशकारी बाढीले क्षत बिक्षत भए तापनि विभिन्न क्षेत्रमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएका कारण आफु कार्यरत मन्त्रालयले यस गाउँपालिकालाई बिषेश प्राथमीकतामा राखी आवश्यक सहयोग गर्ने बताए ।
नेपाल सरकारका मन्त्री, जिल्लाका महत्वपुर्ण ब्यक्तिहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्याधिस, सुरक्षा निकायका प्रमुखहरु मत्रै नभई धार्मिक ऐतिहासीक ब्यक्तित्व नेपालका प्रथम जगतगुरु अनन्त श्री वालसन्त मोहन सरण देवाचार्य महाराज को दुहुँ भ्रमणको स्मरण गर्दै मन्त्रालयका सचिव एवम बिशिष्ट ब्यक्तित्वहरुको भ्रमणले दुहुँ गाउँपालिकाको गरिमा झन बढेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र बडालले जानकारी दिए । मन्त्रालयका सचिव रेग्मीलाई आफ्नो गाउँठाउँमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित भएको वडा नम्वर ५ का वडा अध्यक्ष दौलत सिह महरले जानकारी दिए ।
नयाँ बर्षको पूर्व सन्ध्यामा यसरी बिशिष्ट ब्यक्तित्वहरुको आगमनलाई सुभ संकेत रहेको भन्दै वडा नम्वर २ का वडा अध्यक्ष एवम प्रवक्ता गोबिन्द सिह डडालले खुसी ब्यक्त गरे ।

