सुर्खेत । हिमाली जिल्ला डोल्पामा सत्ता गठबन्धनबीच भागबण्डा नमिल्दा कार्यदलको बैठक निष्कर्षविना टुंगिएकोको छ । शुक्रबार बेलुका बसेको बैठकमा दलहरुले आ–आफना अडान नछोडेपछि बैठक विनानिष्कर्ष टुंगिएकोको हो । ‘दलहरुबीच सहमति जुट्न सकेन, अब एक्लाएक्लै चुनाव लड्ने तयारीमा छौं,’ कांग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीले भने, ‘सबैले ठूलो भाग खोजेपछि कहाँबाट सहमति जुट्छ ?’
माओवादी र एकीकृत समाजवादी ठूलो भाग खोजेको सभापति शाहीको आरोप छ ।

डोल्पामा एकीकृत सामाजवादीको बलियो पकड छ । ०७४ को स्थानीय तहको निर्वाचनमा ८ स्थिानीय तहमध्ये एमालेले ८ र माओवादी केन्द्रले २ स्थानीय तहमा जितेका थिए । ती ६ पालिकाका प्रमुख नै अहिले एकीकृत समाजवादीमा छन् ।

माओवादी केन्द्रले डोल्पाको सदरमुकाम ठूलीभेरी नगरपालिकाको मेयरमा दाबी गरेपछि सहमति जुट्न नसकेको नेकपा एकीकृत समाजवादी डोल्पाका अध्यक्ष नन्दसिङ बुढाले बताए ।

साभारः अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय