प्रेमराज जोशी, दार्चुला । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले आर्थिक बर्ष २०७९÷८० को योजना तर्जुमा तथा स्थानिय तहका प्रशासकीय प्रमुखहरु र पशु सेवा प्राबिधिकहरु सँग छलफल गरेको छ ।

सरकारले बजेट ल्याउनु पुर्ब जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले कुन स्थानिय तहमा कस्ता कस्ता कार्यक्रमहरु समेट्दा उपयुक्त हुन्छ, र पशु कृषकहरुलाई बढी भन्दा बढी लाभ कुन कार्यक्रम ल्याए हुन्छ भन्ने बारे सरोकारवला निकायहरु सँग छलफल गरिएको हो । पशुपन्छी तथा मत्स्य विकासका कार्यक्रमलाई कृषकको घरदैलो र दुरदराजमा रहेका पशु पालन व्यवसायमा  संलग्न कृषक को जनअपेक्षा अनुसार कसरी कार्यक्रम तर्जुमा गर्न सकिन्छ भन्ने उद्धेश्य अनुरुप आगामी आर्थिक वर्ष २०७९/०८०  का लागि योजना तय गर्नका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,दार्चुलाले जिल्ला स्थित सरोकारवाला  निकाय ( एग्रीकल्चर एलाइन्स), ९ वटै स्थानिय तहका प्रमुख प्रशास्किय अधिकृत , पशु सेवा शाखा प्रमुख र पत्रकारहरुको उपस्थिती मा योजना तर्जुमा कार्यक्रम संचालन गरेको हो ।

गेष्ठीमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुला प्रमुख राम बहादुर खड्काले जिल्लामा पशु पालनको बिवरण ब्यवसाय गर्दै आउँदाका समस्याहरु लगायतका बिषय बस्तु समेटिएको प्रस्तुति राख्नु भएको थियो ।

छलफलका क्रममा गोष्ठीमा सहभागी अधिकांस स्थानिय तहका पशु शाखा प्राविधिकहरुले स्थानिय सरकारले पशु क्षेत्रमा न्युन लगानी गर्ने र अपेक्षाकृत कार्य गर्न नसकिने धारणा राखेका थिए । सँगै प्रदेस सरकारले पनि प्रदेसमा बसेर नभई स्थलगत रुपमा भौगलीक अवस्था अध्ययन गरी कार्यक्रम समाबेश गर्नु पर्नेमा जोड दिए । पशु बिमा कार्यक्रमलाई अनिवार्य रुपमा लागु गर्नु पर्ने, पशु आहारमा सहुलियत दिनु पर्ने, पशु सिविर बेला बेला संचालन गर्नु पर्ने जस्ता महत्वपुर्ण सुझाव राखेका थिए ।

कार्यक्रममा बाल्दै कार्यक्रमका प्रमुख अतिथि एवम प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले स्थानिय सरकारले पनि बजेट ल्याउनु पुर्ब पशु शाखाले आवश्यक र जनमुखी योजनाहरु लगेर पेश गर्नु पर्ने वताए । सडकको नाममा जेसिवी लगाएर डाडापाखा काट्न बजेट हुने पशु क्षेत्रमा बजेट नहुने भन्ने होईन कि शाखा प्रमुखले नै बजेटको खाका बनाएर पेश नगरेको हुनु पर्छ कि जनप्रतिनिधिहरुलाई पशु क्षेत्रको बारेमा बुझाउन नसकको हुनु पर्छ उनले भने । चित्त बुझ्ने कार्यहरुको खाका तयार गरी बुझाउन सके स्थानिय सरकारले पनि बजेट बिनियोजन गर्ने र पशु क्षेत्रलाई प्राथमिकतामा राख्ने धारणा राखे । अनुदानका सन्दर्भमा वास्तविक किसानले नपाउने र बिचौलीयाको हातमा अनुदान पर्ने भन्ने कुरा बेला बेलामा सुन्नमा आईरहेने भन्दै कार्यालयले अनुगमनलाई निरन्तरता दिई कार्यक्रम संचालन गर्नु पर्ने निर्देशन दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय अधिकारी नर बहादुर ठगुन्नाले स्थानिय सरकारले पशु क्षेत्रलाई प्राथमिकतामा नराख्नुको कारण खोजी गर्नु पर्ने धारणा राखे । दार्चुला जिल्लामा चरन क्षेत्र भएका कारण पशु क्षेत्रको बिकासको गतिले तिव्रता पाउनु पर्ने धारणा राखे । देशको अर्थतन्त्र पशु पंक्षि र कृषि सँग जोडिएकाले यसमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने धारणा राखे ।

गोष्ठी जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गोष्ठीमा जिल्ला समन्वय अधिकारी, सम्वन्धित सरकारी निकायका प्रमुख एवम प्रतिनिधि, ९ वटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत एवम प्रतिनिधि, ९ वटै स्थानिय तहका पशु प्राबिधिक शाखाका प्रमुख एवम प्रतिनिधि कार्यालयका कर्मचारी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । गोष्ठी शुक्रवार भावना सभाहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय