दार्चुला । पछिल्लो समय जिल्ला सदरमुकाम खलंगामा दिन प्रति दिन चोरीका घटना हुन थालेका छन । शनिवार राती खलंगाको मोहोतीमा रहेको ठगुन्ना ट्रेडर्सबाट १ लाख जती नगद रमक चोरी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रातिको समयमा चोरहरुले घरको मुल गेट र पसलको ढोकामा लगाएको ताल्चा टुटाएर पसलको गल्लामा राखेको नगद चोरी गरेको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगी मुचुल्का तयार पारी चोरी बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केहि दिन यता सदरमुकामै ६ पसलहरुमा चोरी भएको छ । सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा तीन पसल, वडा नम्बर ४ र ५ का तीन पसल गरि ६ पसलमा चोरी भएको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको भन्दै दोषी पाए कानुन अनुसार कार्वाही हुने प्रहरीले जनाएको छ ।
