बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ कि २९ वर्षीया धाना महरलाई ३० वर्षीय उनका श्रीमान जय महरले प्रचारप्रसारमा गएको भन्दै हापात गरेका छन् । नेकपा एमालेको तर्फबाट वडा नं. ८ को सदस्य पदको उम्मेदवारी दिएकी सासु नाता पर्ने सीमा महरको प्रचारमा गएको भन्दै जय महरले आफ्नै श्रीमतिलाई कुटेका हुन् । श्रीमानको कुटाईबाट उनको टाउको र शरीरका अन्य भागमा समेत चोट रहेको बताइएको छ ।

श्रीमानको कुटाईबाट घाइते धानालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ । आफ्ना छोरी सहित उनी अहिले जिल्ला अस्पतालमा भर्ना भएकी छिन् ।

म्यादी प्रहरी समेत रहेका श्रीमानको कुटाईबाट शरीरभरी घाउचोट रहेको धानाले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय