दार्चुला । हिउँदमा सदरमुकाम खलंगा झरेको ब्याँस गाउँपालिका–१ तिंकरको प्रहरी चौकी गर्मीयाम सुरु भए संगै पुनः तिंकर सरेको छ । गर्मीयामको ६ महिना त्याहा बस्ने प्रहरी चौकी हिउँदेयाममा चिसो छल्न खलंगा झर्ने गर्दछ । तिंकरमा बाक्लो हिमपात भएपछि गत कार्तिकमा त्याहाको प्रहरी चौकी खलंगा झरेको थियो । यहि वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनको सुरक्षा तथा सिमा सुरक्षा प्रहरी चौकी त्याहा सरेको दार्चुलाका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

प्रहरी नायव निरिक्षक हर्क सिंह महताको कमाण्डमा ७ जनाको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत तिंकर पुगेको उहाले बताउनुभयो । नेपाली भुमीबाट तिंकर सम्म पुग्ने बाटो नभएका कारण नेपाली सेना संगको समन्वयमा तिंकरको प्रहरी चौकीलाई आवश्यक हातहतियार, खाद्यान्न लगायत अन्य सामाग्री सहित ७ जना प्रहरीको टोली त्याहा खटिएको प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय