दार्चुला ।  महाकाली नगरपालिका–८ असिगडाका चार वर्षीय अनिलसिंह धामीको सर्पको टोकाईबाट मृत्यु भएको छ । घरमा खेल्ने बेलामा बालकलाई सर्पले टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । सर्पले टोक्नेबित्तिकै जिल्ला अस्पत्ताल ल्याईएको थियो । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय