बैतडी । देशभरजस्तै बैतडीमा पनि नमुना मतदान सम्पन्न भएको छ । यहिँ बैशाख ३० गते हुने पालिका चुनावमा जिल्ला निर्वाचन कार्यालय बैतडीले बुधबार नमूना मतदान सम्पन्न भएको छ । नमूना मतदानमा ७० भन्दा बढी मतदाताको सहभागिता रहेको थियो । जसमध्धे १ जनाको मात्रै मत बदर भएको छ ।
बदर मतको संख्यामा कमी ल्याउन नमूना मतदान सञ्चालन गरिएको हो । चुनावमा मतदाता शिक्षा समेत सञ्चालन नभएकाले बदर मतको संख्या बढ्न सक्ने आँकलन गरिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार नमूना मतदान सम्पन्न गरिएको फुयालले बताए ।
