बैतडी । बैतडीमा ११३ बर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्दघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।

देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस भनेर आफूले मतदान गरेको भट्टले बताइन् । उनले भनिन् ‘मैले धेरै चुनावमा भोट हालेकी छु । हाम्रो गाउँठाउँको विकास होस, भविष्यका सन्ततीहरुले राम्रो वातावरण पाउन भनेर भोट हालेकी हुँ ।’

बैतडीमा ४ सय ४० जनप्रतिनिधि छान्नका लागि मतदान भईरहेको छ ।
साभारः सगुन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय