बझाङ । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल–८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको बताइएको छ ।

दुवै ठाउँमा नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।

साभारः सगुन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय