दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडानम्बर ६ को पशुपति भवन माविको मतदान केन्द्रमा झडप भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको हो । मतदानका बिषयमा मतदाताबीच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक बिष्टले जानकारी दिनुभयो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । मतपेटिका र कर्मचारी सुरक्षित रहेको डीएसपी बिष्टले बताउनुभयो । विवाद समाधान गरी मतदान गराउने बिषयमा छलफल भईरहेको छ । झडप भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय