दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित खालीडाँडा लेकबाट बलात्कार आरोपमा एक शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्ययनरत करिब १७ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप लागेको हो । आरेपित धामीलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान भैरहेकोे दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक बिष्टले बताएका छन् ।
आरोपित धामीले किशोरीलाई गत सालको फागुन महिनामा पहिलोपटक बलात्कार गरेको खुलेको छ । पिडित छात्राका आफन्तका अनुसार ति शिक्षकले बलात्कार गरेपछि भिडिओ पनि बनाएको र त्यहीँ भिडिओ देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेको खुलेको छ ।
