दार्चुला : जिल्लाको दुहुँ गाउँपालिकाका न्युन आयस्तर भएका महिला र पुरुषहरुको आयस्तर बृद्धि गर्न उनिहरुलाई पुलुमको जाम र रैथाने बालिको परिकार बनाउने तालिम दिइदै छ । गाउँपालिकामा संचालित गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तरगत उनिहरुलाई पुलुमको जाम बनाउने तालिम प्रदान गरिएको कार्यक्रमका सहजकर्ता अनिता जोशीले जानकारी दिनुभयो ।
आज गाउँपालिकाको वडा नम्बर १ र २ का ३५ जना महिला र पुरुषहरुलाई तालिम प्रदान गरिएको उहाले बताउनुभयो । पुलुमको पकेट क्षेत्र मानिने दुहुँ गाउँपालिकाका पाँच वटै वडाहरुका महिला र पुरुषहरुलाई तालिम प्रदान गरिने उहाले जानकारी दिनुभयो । जिल्लामा संचालनमा रहेको सामुदायिक ग्रामिण विकास समाज नेपालको आयोजना तथा दुहुँ गाउँपालिकाको आर्थिक र प्राविधिक सहयोगमा तालिम संचालनमा ल्याइएको बताइएको छ ।
एक वडाबाट २० जनाको सहभागिता हुने गरी गाउँपालिकाका पाँच वटै वडाहरुमा तालिम दिइने सहजकर्ता जोशीले जानकारी दिनुभयो । तालिमको आज एक कार्यक्रमका बिच दुहुँ गाउँपालिकाका उपाध्यक्ष शान्ति बमले उद्घाटन गर्नु भएको छ । प्रत्येक वडाका कृषकहरुलाई दुई दिन सम्म तालिम प्रदान गरिने छ । तालिमको प्रशिक्षण दाङबाट आउनु भएका आर्जन गौतमले गरिरहनु भएको छ । तालिमको उद्देश्य गरिबि निवारण गर्नु रहेको बताइएको छ । dfm
