दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहमा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै ३० दिनभित्र चुनावमा भएको खर्च विवरण बुझाउन दार्चुला निर्वाचन कार्यलयले अनुरोध गरेकोे छ ।
उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउन आग्रह गरेको हो । दार्चुलाका ९ वटै स्थानीय तहमा ३२३ जना अहिले नयाँ उम्मेदवार भएका छन ।
