बैतडी । जिल्ला समन्वय समिति बैतडीमा गठबन्धन विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीले १२ मत प्राप्त गर्दै प्रमुखमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी  एमालेका मोहनबहादुर थापाले ८ मत प्राप्त गर्नुभयो । यस्तै उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी हुनुभएको छ । उहाँले १० मत प्राप्त गर्दै उप्रमुखमा विजयी भएका छन् । उहाँका प्रतिद्धन्दी एमालेका हेमा भट्ट (कपाडी)ले ८ मत प्राप्त गर्नुभयो  । जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको हो ।

नेकपा एमाले भने  एक्लै चुनाव लडेका थियो । समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन् । यस्तै तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्ट विजयी भएकी छन् । एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय