दार्चुला । जिल्लामा आगो लगाएर एकल महिलाको हत्या गरिएको छ ।  शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँच बारिलका ४५ बर्षीया अनिभा खडायतलाई घर नजिकैको खरको लुटोमा आगो लगाएर  हत्या गरिएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लोकेन्द्र कार्कीले जानकारी दिए ।
घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।एकल महिला रहेका खडायतलाई राती हत्या गरिएको अवस्थामा फेला परेको बताइएको छ ।
महिलाका श्रीमान ७/८ वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् ।
घटनामा संलग्न रहेको आशंकामा शंकास्पद दुई जना स्थानीयलाई सोधपुछको लागि पक्राउ गरिएको कार्कीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय