दार्चुला । मालिकार्जुन गाउँपालिकाले जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउन एक दिने सुचना टाँस गरेको छ । २०७९ बैशाख ३० को स्थानीय तहको निर्वाचनबाट निर्वाचित पालिकाका सम्पूर्ण जनप्रतिनिधिलाई आर्थिक वर्ष २०७८–०७९ को सम्पत्ति विवरण बुझाउन सूचना गरिएको हो ।

असार २ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरजप्रसाद जोशीद्वारा हस्ताक्षरित सूचनामा पालिकाका जनप्रतिनिधिलाई असार ३ गतेभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ ।

मालिकार्जुन गाउँपालिकाले यसअघि गाउँपालिका अन्तर्गतका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय