दार्चुला । दुहुँ गापा पुर्व अध्यक्ष पुलेन्द्र कार्की र साविक पालिका वाड न ५का वडा अध्यक्ष दाैलत सिह महराले दुहुका बाढी पिडितहरूलाइ लाभग्राहि सिफारिस गर्ने कार्यकाे प्रगति बारे प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय सँग मंगलबार छलफल गरेका छन। प्रमुख जिल्ला अधिकारी उपाध्यायले जिल्ला बिपद बाट बिपद जाेखिम न्यूनिकरण प्राधिकरणमा सिफारिस पठाइ सकिएकाे र प्राधिकरणले लाभग्राही कायम गरि प्रथम किस्ता रकम रिलिज गर्ने जानकारी दिए । अर्को बर्षायाम आइसक्दा समेत प्रकृया नटुङि्गनु मा प्राधिकरणले वास्तविक लाभग्राही छनाैट गर्न जिपिएस प्रणाली बाट तथ्य सङ्कलन गर्ने नीति लागु गरेकाेले ढिला भएकाे र संलग्न गर्नु पर्ने कागजपत्र समयमा नपुग हुदा पनि ढिला हुनगएकाे स्पष्ट पार्नु भयाे । साथै गाँपालिकाले सुचिबद्ध गरेका तर प्रहरी मुचुल्का नबनेका पिडितहरूकाे मुचुल्का बनाउन जिल्ला प्रहरी कार्यालयलाई निर्दशन गर्ने समेत जानकारी दिए । आव २०७७/७८ का सात जना लाभग्राहीहरूकाे हकमा पनि जिपिएस प्रणाली बाट लाभग्राही सिफारिस भइसकेकाे र केहि दिन भित्र अन्तिम किस्ता रकम लाभग्राहीहरूकाे खातामा जाने जानकारी दिनुभयाे।
साथै पुर्व अध्यक्ष कार्की र पुर्ब वडा अध्यक्ष महरले दुहुँ गापा मा बिद्धुत लाइन बिस्तार काे ढिला सुस्ति बारे जिल्ला बिद्धुत प्राधिकरण वितरण केन्द्र का प्रमख सँग छलफल गर्नु भएको छ । केहि दिनमा तार प्राप्त हुनासाथ कामअगाडी बढने कार्यालय प्रमुखले बताए ।
