दार्चुला । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा चर्को मूल्यवृद्धि गरेकोप्रति अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।
प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई ज्ञपान पत्र बुझाँउदै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले मंगलवार ध्यानाकर्षण गरेको हुन । असार ५ गते राति १२ बजेदेखि लागु हुनेगरी मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेल प्रलिलिटर १ सय ९२ रुपैया र पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैया निर्धारण गरिएको छ ।
रसिया–युक्रेन युद्धलाई कारण देखाएर अन्य विकल्पहरूको उपयोग नै नगरी निगम सञ्चालक समितिले इन्धनमा गरेको मूल्य बृद्धिले नेपाली जनजीवनमा चौतर्फी असर पारिरहेको विज्ञप्तिमा उल्लेख छ । सरकारले बाध्यताको जतिसुकै तर्कहरु पेस गरेपनि यो निर्णय तत्काल फिर्ता लिनुपर्ने युनियनको माग छ । यसै बिच अनेरास्ववियुका नेता कार्यकर्ताहरुले जिल्ला सदरमुकाम खलंगामा बिरोध प्रर्दशन गरेका छन ।
