दार्चुला । दुहु गाउँपालिका वडा नम्वर २ स्थित मन्तड टोलमा ट्याक्टर पल्टिएको छ । गाउँपालिकाको निर्माणाधिन प्रशासकिय भवनमा निर्माण सामग्री ढुवानी गर्ने निर्माण ब्यवसायीको ट्याक्टर दुर्घटना परेको वुझिएको छ ।
विहीवार दिउँसो तिर निर्माणाधिन भवनमा समान छोडी फर्किने क्रममा दुर्घटना भएको हो । दुर्घटना भएको ट्याक्टर मकै बारीमा पल्टिएको दृष्टमा देखिएको छ । फोन सेवा अवरुद्ध भएका कारण ट्याक्टर पल्टिएको क्षतिको विवरण भने आउन सकेको छैन । ट्याक्टर पल्टिएको घटना स्थल दार्चुला सदरमुकाम खलंगाबाट १७ किलोमिटर टाढा रहेको छ ।
