गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिका वडा नं. १ घर भई बिगत २ बर्ष देखि उत्तरबेहाडीमा बसाई गरी अटो चलाउदै आएका ५० बर्षीय अटो चालक लक्ष्मण सिह बोहोराको बिहीबार (आज) मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नं.३ बोराडाँडी चोकमा सुपप्र ०१–००१ ह४६३२ नम्बरको अटो दुर्घटना भएको बताईएको छ । घाईते बोहोराको उपचारका क्रममा सेती प्रदेशिक अस्पत्तालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको खबरले गाउँनै शोकमग्न भएको छ । फोटो साभारः पत्रकार लोकेन्द्र कार्कि

