दार्चुला । बझाङमा करेन्ट लागेर घाईते भएका एक जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । काठमाण्डौँ घर भएका ४० वर्षीय सुमन बिक्रम शाह हाल बझाङको बित्थडचिर गाउँपालिका धरान भन्ने ठाउँमा थिए । उनलाई फोरजी लाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको हो । तिनी सँगै काम गर्ने एक जनालाई पनि करेन्ट लागेर गम्भिर घाईते भएका छन् ।
घाईते शाहलाई हेलिकोप्टर चार्टर गरी नेपालगंज रेफर गरिएको छ ।

