दार्चुला ।  दार्चुलाको शैल्यखिर नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चता पालिका घोषणा गरिएको हो ।

जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनुपर्ने खोप तालिका अनुसार लगाएकाले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर गाउँपालिकाका स्वास्थ्य शाखा चक्र कार्कीले बताए । पालिकामा १६ देखि २३ महिना सम्मका २४६जना बालबालिकाहरुले खोप लगाएको उनले बताए । पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा नगर प्रमुख विजयसिंह धामी,उपप्रमुख शान्ति खडायत, ९ वटै वडाका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले शैल्यशिखर नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा हुनु गौरबको विषय भएको बताए ।

बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय