दार्चुला । दुहुँ गाउँपालिकाले निर्माणाधीन गाउँपालिका भवन नजिकै रहेको घरभाडामा लिएर सेवा दिन थालेको छ । साउन १ अर्थात आजबाट सेवा  दिन थालेको हो । यश अघि वडा नम्बर २ ब्रहम मन्दिर नजिक रहेको गाउँपालिकाको कार्यालय अहिले निर्माणाधिन भवन नजिकैको निजि घर भाडामा सरेको छ । विषयगत शाखाहरु पनि दार्चुला तिकर सडकमा निजिघर भाडामा लिएर सरेका छन । यशअघि भवन अभावमा छरिएर रहेका शाखा कार्यालय अब दुई ठाउँबाट सेवा प्रवाह हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र बडालले जानकारी दिए ।

नागरिकलाई सन्तुष्ट गराउन सबैको पाइक पर्ने थलोबाट सेवा दिन थालेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह बडालले बताए । अहिले पालिकाको निर्माणाधिन भवनको दोस्रो छत ढलानको कार्य भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय