दार्चुला ।  जिल्लाको जिल्ला दररेट निर्धारण गरिएको छ । चालु आर्थिक  बर्ष २०७९÷८० का लागि जिल्ला दररेट निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाको हकमा निर्माण सामग्री र ढुवानीको दररेट, मेसिन तथा उपकरणको भाडा दररेट, कामदारको ज्याला लगायतको दररेट निर्धारण गरिएका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सार्वजनिक खरीद नियमावली (संशोधन सहित) २०६४ को नियम १ बमोजीम जिल्ला दररेट निर्धारण गरिएको उनले बताए । दररेट निर्धारणका लागि गठित उपसमितिले पेश गरेको प्रस्तावित दररेरट माथि आवश्यक छलफल गरी संशोधन सहित पारित गरिएको बताइएको छ । जिल्लामा गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा  हरेक क्षेत्रमा दररेट बढेको बताइएको छ ।
जिल्ला दररेट निर्धारण समितीले स्थानिय निर्माण सामाग्री, कामदारको ज्याला दररेट, ढुवानीको दररेट, बिद्युतका सामग्री ढुवानी गर्दाको दररेट, बिभिन्न किसिमबाट निर्माण गरिएका घरहरुको दररेट, तथा अन्य कार्यको दररेट निर्धारण गरेको प्रजिअ उपाध्यायले बताए । ढुवानीको हकमा सजिलो र असजिलो गरी दुई भागमा बर्गिकरण गरिएको छ । जिल्ला दररेट निर्धारण समितीले तोकेको रेटलाई अधार मानेर ९ वटै पालिकाले कार्यस्थलको आधारमा लागत कम हुने गरी निर्माण सामाग्री तथा ज्यालाको दररेट निर्धाण गर्न सक्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय