दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले २ वर्षमा १४ लाख बढी मूल्यका मोबाइल खरिद गरि २ लाख बराबरको रिचार्ज खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शैल्यशिखरले २०७६ र ०७७ सालमा उक्त मूल्य बढीका विभिन्न मोबाइल सेटहरु खरिद गरि रिचार्ज खर्च गरेको हो ।

   नगरपालिकाले २०७६ मा विभिन्न मितिमा ५ वटा मोबाइल, तीनवटा पावर बैंक तथा ६ वटा ट्याब खरिद गरेको छ । २०७७ मा पनि पुनः ८ वटा मोबाइल खरिद गरेको देखिएको छ । यसरी नगरपालिकाले २ वर्षसम्म झण्डै १४ लाख ४५ हजार ६५९ रुपैयाँको मोबाइल तथा ट्याब खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

   महालेखाले मोबाइल खरिद गर्दा जिन्सी दाखिला समेत नगरिएको प्रतिवेदनमा जनाएको छ । उक्त खर्चमा महालेखाले निजी कार्यमा प्रयोग हुने सामग्री खरिद गर्न मिल्ने आधार पेश हुनुपर्ने टिप्पणी समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय