दार्चुला ।  जिल्लामा सनिवार एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।    लेकम गाउँपालिका-२ गराडी बस्ने ३० वर्षीया काली सार्कीको उद्दार गरिएको हो । लेकम गाउँपालिका-१ सर्मोली स्वास्थ्य चौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय