दार्चुला । जिल्लामा एक जना पुरुष बेपत्ता भएका छन । जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं ३ रातोभिटा घर भएका अन्दाजी ५० वर्षीय करविर कार्की वेपत्ता भएका हुन् । विहिबार साझ आफनै पसल कोलीगाड बाट घर जाने बेला बाटोबाटै वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगत मगरले जानकारी दिए ।
वेपत्ता भएका कार्कीको खोजि कार्य भइरहेको प्रहरीको भनाइ छ । वेपत्ता कार्कीको अहिले सम्म एउटा मोबाइल फोन बाहेक अन्य केही नपाएको प्रहरीले जनाएको छ । वेपत्ता कार्कीलाई खोज्न खण्डेश्वरी प्रहरी चौकी तथा लटिनाथबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि प्रतिक विष्टले बताए । वेपत्ता कार्कीका घरमा २ छोरी १ छोरा र श्रीमति रहेका छन ।

