दार्चुला : नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष प्रेमराम चुनारालाई जिल्ला शाखाले बधाई एवं शुभकामना व्यक्त गरेको छ । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु घर भएका चुनारा नेपाल प्रेस युनियनको नवौ महाधिवेशन मार्फत सुदूरपश्चिम प्रदेश (भुगोल) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनु भएको अवसर पारेर शाखाले बधाई एवं शुभकामना व्यक्त गरेको हाे ।

   मकवानपुरको हेटौडामा साउन ६ र ७ गते भएको प्रेस युनियनको नवौ महाधिवेशनमा चुनाराले आफ्ना प्रतिद्धन्दी मिन बहादुर बम र मुकुन्द प्रसाद भण्डारीलाई ११ मतले पछि पार्दै जित हासिल गरेका थिए । महाधिवेशनमा देशभरीबाट चुनाराले ५५२ मत प्राप्त गर्नु भएको थियो, भने उनका निकटतम प्रतिद्धन्दी मिन बहादुुर बमले १८९ र मुकुन्द प्रसाद भण्डारीले ५४१ मत प्राप्त गर्नु भएको थियो ।

महाधिवेशनबाट निर्वाचित भए पस्चात गृह जिल्ला पुग्नु भएका उपाध्यक्ष चुनारालाई नेपाल प्रेस युनियन जिल्ला शाखा दार्चुलाले खादा र अबिर लगाएर स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको शाखाका सचिव किरन धामीले जानकारी दिनुभयो ।

जिल्ला शाखा अध्यक्ष मनोरथ प्रसाद बडू (मनोज) को अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले निर्णय गरी केन्द्रीय उपाध्यक्ष चुनारालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको उहाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय