दार्चुला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू गृह जिल्ला दार्चुला आईपुग्नु भएको छ । नेपाली काँग्रेस दार्चुलाको जिल्ला सम्मेलनको उद्धघाटन र खाद्य डिपोको उद्धघाटन गर्न मन्त्री बडू दार्चुला पुग्नु भएको नेपाली काँग्रेस दार्चुलाले जनाएको छ । शनिवार बिहान ९ बजे तिंकर सडक मोहतीमा रहेको खाद्य डिपोको कार्यालय उद्धघाटन पछि ११ बजे जिल्ला सम्मेलनको उद्धघाटनको कार्यक्रम तय भएको नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय