दार्चुला : महाकाली नगरपालिका–३ स्थित डुङरी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । महाकाली नगरपालिकाको धार्मिक क्षेत्रका रुपमा रहेको डुङरी मन्दिर परिसरमा मंगलवार महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृक्षारोपण गरेको हो । मन्दिर वरिपरी दालचिनी, बकाइनो, धुपी लगायतका विभिन्न विरुवा रोपिएको छ ।
