गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना भएको छ । गोकुलेश्वर बाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जिप उल्लानीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ । दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ, जसमध्धे ४ जना पुरुष १ जना महिला रहेका छन् । अन्य दुई जना पुरुष, ३ जना महिला र चालक समेत घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागी गोकुलेश्वर अस्पत्ताल ल्याउने तयारी भईरहेको छ ।

घटनाको बिषयमा अनुसन्धान भईरहेको र थप बिवरण आउन भने बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय