दार्चुला : निजामती सेवा दिवसको अवसरमा भन्सार कार्यालय दार्चुलाले दुई जना व्यापारीलाई सम्मानित गरेको छ । भन्सार राजस्व रकम इमान्दारीताका साथ बुझाउने उनीहरुलाई सम्मानित गरिएको हो । जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ मा व्यवसाय संचालन गरी व्यापार गरिरहेका कृषि बजारका संचालक दिलेन्द्र प्रसाद बडू र जगदीश किराना पसलका संचालक बिमला घर्तीलाई सम्मानित गरिएको भन्सार कार्यालय दार्चुलाका प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । उनीहरुलाई एक कार्यक्रमका बीच खादा र अबिर लगाएर सम्मानित गरिएको हो ।

यसैबीच महाकाली नगरपालिकाले दिवसको अवसरमा वर्षभरी जनसेवामा खटिने सबै कर्मचारीलाई धन्यवाद तथा बधाई दिएको छ । दिवसको अवसरमा ७ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने निर्र्णय गरेको छ । नगरपालिकाले योजना अधिकृत युवराज जोशी, एमआइएस अपरेटर धन राज भट्ट, अहेव हरीकृष्ण जोशी, वडा सचिव दीपक प्रसाद अवस्थी, नगरबस चालक भूपाल सिंह धामी, कार्यालय सहयोगी दिपेन्द्र सिंह कँुवर र कुचिकार लालमती कुमारीलाई सम्मानित गर्ने प्रमुख प्रशासनकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए । साथै नगरपालिकाले आजदेखि सेवाग्राहीलाई कर्मचारीले आफैबाट नमस्कार गर्ने अभियानको शुभारम्भ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय