दार्चुला । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्। मन्त्रीत्रय बडु, रावल र धामी राहत सामग्री लिएर दार्चुलातर्फ लागेका हुन्। बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यहाँतर्फ गएको बताइएको छ। दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा परेर ५ जनाले ज्यानै गुमाएका छन्। यस्तै बाढीपहिरोमै परेर महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको दार्चुला प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीपहिरोमा परी ९ जना बेपत्ता भएका छन् भने ८ जना घाइते रहेका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। दिनेश खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय