दार्चुला । नेकपा (माओवादी केन्द्र) को भातृसंगठन योंग कम्युनिष्ट लिग YCL नेपालले दार्चुला का बाढीपिडित हरुलाई राहत वितरण गरेको छ। YCL नेपाल ले बाढीग्रस्त स्थान का बाढी पिडितहरुलाई आवश्यक राहत सामग्री प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्याय मार्फत एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ। “उपरोक्त विषय सम्बन्धमा यहि मिति २०७९ भाद्र २४ गते राति परेको अविरल वर्षाबाट महाकाली नगरपालिका वडा नं.१,२,३ र ४ मा हुन गएको मानविय तथा भौतिक क्षति प्रति हाम्रो संगठन असाध्यै चिन्तीत छ। साथै उक्त बाढीबाट ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं र घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।” योंग कम्युनिष्ट लीग नेपालले पत्रसहित प्रमुख जिल्ला अधिकारी उपाध्याय लाई १३ थान टेन्ट, १०० थान कम्बल ,२० वटा बाल्टिन, पिफर्म कार्पेट १ वण्डल सहित नगद रु.१०००००(एक लाख) को चेक हस्तान्तरण गरिएको जानकारी वाईसिएल नेपाल केन्द्रीय सचिव शिव बोगटी लाई उदृत गर्दै ycl दार्चुला का संयोजक सुरेन्द्र बहादुर बमले जानकारी दिएका छन्।
