दार्चुला । जिल्लामा नयाँ आएका प्रहरी नायव उपरिक्षक (डिएसपी) तर्कराज पाण्डेयले जिल्लास्थित संचारकर्मीहरु संग भेटघाट गर्नु भएको छ । भेटघाटका क्रममा जिल्लामा हुने अपराधिक घटना न्युनीकरणमा गम्भीर भएर लाग्ने बताएका छन । जिल्लामा हुने बिभिन्न खालका अपराधिक क्रियाकलाप अन्त्य गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा पत्रकार शंकर सिह धामीले जिल्लामा महाकाली स्वाच्छता अभियान संञ्चालनमा रहेको तथा यसलाई प्रहरीको तर्फबाट हुन सक्ने सहयोग गर्न पनि नयाँ आएका (डिएसपी)पाण्डेय संग आग्रह गर्नु भएको छ ।
जवाफमा(डिएसपी) पाण्डेयले आफुले सक्ने सहयोग पुर्ण रुपमा गर्ने बताएका छन । यस्तै उहाँले जिल्लामा रहेका सञ्चार माध्यमले जहिले पनि जिल्ला प्रहरी कार्यालय दार्चुलासंग सहकार्य गरेरै अगाडि बढेको र अबको दिनमा पनि समन्वय र सहकार्य गरेर समाजमा हुने हरेक गतिबिधिहरुको खवरदारी गर्ने कुरामा पछि नहट्ने बताए । प्रहरीले पत्रकारलाई दिने सुचना अहिले सम्म प्राप्त भइरहेको तथा थप प्रभावकारी बनाउन आग्रह गरेका छन ।
यो भन्दा अघि दार्चुलाको कमाण्ड सम्हालेका प्रतिक विष्ट सुडान गएपछि डिएसपी पाण्डेय पर्यटन प्रहरी काठमाण्डौबाट काज सरुवा भई जिल्लाको कमाण्ड गर्न भाद्र २६ गते दार्चुला आईपुगेका हुन । केही दिनभित्र जिल्लामा रहेका यातायात व्यवसायी होटल व्यवसायीहरु संग कार्यक्रम राखेर जिल्लामा शान्ती सुरक्षा कायम राख्ने बताएका छन ।
