दार्चुला । महाकाली नगरपालिका र दुहुँ गाउँपालिका श्रीबगर बस्ने  स्थानीय बाढी पिडितहरुले राष्ट्रपति विद्या देवी भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन । मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर विद्या देवी भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो । निजाङ्ग खोलामा २०७८ भाद्र १३ गते आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको थियो । वर्षाका कारण आएको बाढीले पुरयाएको क्षतीको मुल्याकंन गरि पिडितलाई तत्काल क्षतीपुर्ती दिलाउन संघीय सरकारलाई आग्रह गरेको छ । ज्ञापन पत्रमा महाकाली नगरपालिकाको वडा नम्वर १ श्रीबगड र दुहुँ गाउँपालिकाको वडा नम्वर ३ श्रीबगड बीचमा बग्ने खोला र तल तिर बग्ने महाकाली नदीले गत वर्ष भाद्र १३ गते राति आएको बाढीका कारण खेती योग्य जमिन,खोलामा निर्माण भएका १८ वटा पानी घट्ट, १ वटा विद्युत पावर हाउस, ५ वटा घर, ३ वटा पसल र एकै घरका २ जना बेपत्ता भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस्तै मोटरेवल पुल बगाएकाले आवतजावतमा समस्या भएको छ । संघसंस्थाहरुले सानो तिनो सहयोग गरी घाउमा मलम पट्टी लगाउने काम गरे पनि खेति योग्य जमिन बगाई घर बसोबास समेत पुर्ण जोखिम अवस्थामा रहेकाले उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । अझै पनि कुनै बेला बाढी र पहिरो आउने सम्भावना भएकाले जोखिममा बस्नु पर्ने बाध्यता रहेको बाढी पिडित मोहन बहादुर बमले बताएका छन् । पुनर्वासको लागि एक वर्ष पहिले सुदूरपश्चिम प्रदेशका सभामुखद्धारा प्रदेश सरकार ,जिल्ला प्रशासन कार्यालय दार्चुला,उद्योग तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको भएपनि कुनै सुनवाई नभएको ज्ञापन पत्रमा भनिएको छ । यसरी वर्षेनी लगातार श्रीबगड माथिको भिरबाट बग्ने निजाँग खोला र तलतिर बग्ने महाकाली किनारमा पक्की तटबन्ध निर्माण गर्न समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस्तै गत भाद्र २४ गते राती परेको अविरल वर्षाले महाकाली नदी र निजाँग खोलामा आएको बाढीले रातभर घरभित्र सुत्ने अबस्था नभएको र श्रीबगड बस्तीमा बसोबास गर्न उच्च जोखिम रहेकाले बसोबास गर्न पुनर्वासको व्यवस्था गर्न राष्ट्रपति मार्फत केद्रीय सरकार समक्ष यो ज्ञापन पत्र पेश गर्दछौ ज्ञापन पत्रमा भनिएको छ । बाढी पिडितहरुले राष्ट्रपतिको कार्यालयमा गई राष्ट्रपतिलाई ७२ जनाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाईएको हो ।


बिज्ञापन


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय