दार्चुला । दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा संघसंस्थाको योगदान भन्ने मुल नाराका साथ दार्चुलामा पनि ४३ औँ सामाजिक सेवा दिवस मनाईएको छ ।
जिल्ला सदरमुकाम खलंगाको खुल्ला मन्चबाट प्रभात फेरी ¥याली निकाली बजार परिक्रमा गरी जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरी सेवा दिवस मनाईइको हो ।
जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कश्यप) को प्रमुख आतिथ्यतामा जिल्ला अस्पताल दार्चुलामा रहेका १६ जना बिरामीहरुलाई फलफुल वितरण सेवा दिवस मनाईएको हो ।
