दार्चुला । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला दार्चुलामा मतपत्र आइपुगेको छ । आसन्न निर्वाचनका लागि दार्चुलामा समानुपातिकतर्फको मतपत्र आइपुगेको हो । प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र र प्रदेश सभा क्षेत्र नम्बर १ र २ लाई पुग्ने गरी समानुपातिक मतपत्र आइतबार आइपुगेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप धामीले जानकारी दिए ।

प्रतिनिधि सभातर्फको ९९ हजार मतपत्र आइपुगेको छ भने प्रदेश सभा क्षेत्र नम्बर १ को लागि ५७ हजार र प्रदेश सभा क्षेत्र नम्बर २ को लागि ४३ हजार मतपत्र आइपुगेको उनले बताए । मतपत्र सुरक्षाकर्मीको निगरानीमा ट्रकमार्फत जिल्ला सदरमुकाम ल्याइएको हो । आसन्न निर्वाचनका लागि दार्चुलामा ११२ मतदान स्थल र १४१ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा ८९ हजार १५४ मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय