दार्चुला । प्राज्ञिक  बिद्यार्थी परिषद नेपालले बाढि पहिरो पीडित बिद्यार्थीहरु लाई राहत  स्वरुप  शैक्षिक  सामग्री  बितरण गरेको छ । गत भाद्र २४ गते राति लास्कु खोलामा आएको बाढी र पहिरोका कारण प्रभावित बाढी पीडित बिद्यार्थिहरुलाइ राहत स्वरुप प्राज्ञिक  बिद्यार्थी परिषद नेपालले शैक्षिक  सामग्री  बितरण गरेको सुदुर पश्चिम्  प्रदेश संगठन  सचीव  चन्द्र शेखर जोशीले जानकारी दिए । आइतबार  जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना  माध्यमिक बिद्यालयका ३० जना, छन्ना  तिङ्करी कन्या माध्यमिक बिद्यालयका ८ जना, मोति महिला प्रा बि का १७ र कैलासपति  नि मा बि का २० गरि जम्मा ७५ जना बाढी प्रभावित बिद्यार्थिहरुलाइ राहत सामग्री हस्तान्तरण गरिएको जोशीले जानकारी दिए ।
उक्त सामग्री  हस्तान्तरण कार्यक्रमना महेन्द्र  नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक राम दत्त जोशी, प्राज्ञिक  बिद्यार्थी परिषद नेपाल  का प्रदेश  अध्यक्ष  महेश राज भट्ट , प्रदेश  उपाध्यक्ष  ममता अबस्थी, प्रदेश संगठन  सचीव  चन्द्र शेखर  जोशी लगायतको उपस्थिति रहेको थियो । प्रत्येक बाढी प्रभावित बिद्यार्थिलाइ १ पिस स्कुल ब्याग र २ वटा  कापी बितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय