दार्चुला । मालिकार्जुन मन्दिर परिसरमा नेपाल विद्यार्थी संघ दार्चुलाले सरसफाई गरेको छ । राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिरमा हिजो राति देखि लागेको जात्रा आज विहान विधिवत रुपमा सम्पन्न भएलगत्तै नेपाल विद्यार्थी संघ दार्चुलाले मन्दिर परिसरमा भएको फोहोर उठाएर सरसफाई गरेको जनाएको छ । नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव एवं दार्चुला क्षेत्र नम्बर १ का संयोजक एकेन्द्रसिह धामीको विशेष पहलमा सरससफाई गरिएको नेपाल विद्यार्थी संघ मालिकार्जुन गाउँपालिका संयोजक धर्मेन्द्र जोशीले जानकारी दिए ।
सांस्कृतिक सम्पदा हाम्रा अमुल्य निधि हुन्न, यसको संरक्षण गर्नु सवैको दायित्व भएकोले मालिकार्जुन मन्दिरमा लागेको जात्रामा दर्शनालु भक्तजनहरुबाट भएको फोहोरलाई उठाएर नष्ट गरिएको नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव एकेन्द्रसिह धामीले जानकारी दिए । मन्दिर परिसरको सरसफाईमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्रसिह धामी, नेपाल विद्यार्थी संघका क्रियाशिल नेता विनोदराज जोशी, नेपाल विद्यार्थी संघ मार्मा गाउँपालिका संयोजक हिम्मत सिह धामी, मालिमार्जुन गाउँपालिका संयोजक धमेन्द्र जोशी, कृष्ण माध्यमिक विद्यालय डाडाकोटका एकाई समिति अध्यक्ष जिवन कोली र  मालिकार्जुन प्रहरी चौकीबाट खटिएका १५ जना म्यादी प्रहरीको सहभागिता रहेको थियो ।
मन्दिर परिसरको सरसफाईमा सहभागी भई सहयोग गरेका सम्पुर्णलाई नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव धामीले धन्यबाद दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय