दार्चुला । मंसिर ३ गते राति जिल्लाको ब्याँस गाउँपालिका ४ डोकट घटनामा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन बुझाएको छ । घटनाको सत्य तथ्य बाहिर ल्याउन प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई गाउँपालिका अध्यक्ष मंगल सिह धामीले आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापन बुझाएका हुन्न । जिल्ला सदरमुकाम खलंगामा होटल ब्यवसाय गर्दै आईरहेका ब्याँस गाँउपालिका वडा नम्बर ४ का ३५ बर्षिय नरेन्द्र विष्टको हत्या गरिएको थियो । हत्या भएको एक हप्ता बढी बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै गाउँपालिका अध्यक्ष धामीले ज्ञापन मार्फत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन । मंसिर ३ गते सदरमुकाम खलंगाबाट मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मत हाल्न उनी गाउँ गएका थिए ।
विष्टको हत्या गरेर सुनसेराको डोब क्षेत्रमा शव फालिएको अवस्थामा बिहानै फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ। प्रहरीले संकास्पद ब्याक्तिहरुलाइ लिदै शोधपुछ गरेर छोडिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय