दार्चुला । मंसिर ३ गते राति जिल्लाको ब्याँस गाउँपालिका ४ डोकट घटनामा नेपाली काँग्रेस दार्चुलाले पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतवार एक प्रेस विज्ञप्ती मार्फत नेपाली काँग्रेस दार्चुलाले हत्या जस्तो जघन्य अपराधमा हत्यारालाई कार्वाहीको माग सहित ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सदरमुकाम खलंगामा होटल ब्यवसाय गर्दै आईरहेका ब्याँस गाँउपालिका वडा नम्बर ४ का ३५ बर्षिय नरेन्द्र विष्टको मंसिर ३ मा हत्या गरिएको थियो । हत्या भएको लामो समय बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै नेपाली काँग्रेस दार्चुलाले पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । मंसिर ३ गते सदरमुकाम खलंगाबाट ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मत हाल्न विष्ट गाउँघर गएका थिए ।
विष्टको हत्या गरेर गाउँपालिकाको वडा नम्वर ४ ब्रह्मदह आधारभुत विद्यालयको तल शव फालिएको अवस्थामा फेला परेका थियो । बरबरता पुर्वक गरिएको हत्याको यथासीघ्र छानवीन गरी अपराधीलाई कानुनी कारवाहीको दायरामा ल्याई कडा सजायको लागि नेपाली काँग्रेस दार्चुला प्रहरी प्रशासन र न्यायीक निकाय समक्ष जोडदार माग गर्दछ प्रेस बिज्ञप्तीमा भनिएको छ । अपराध नुसन्धानमा सबै तवरले सहयोग गर्न स्थानीय सर्बसाधारण, राजनैतिक दल सबै सरोकारवलाहरुलाई अनुरोध गर्दछ पार्टी सभापति ललित सिह बोहराद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ। घटना शंकास्पद रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय