दार्चुला । जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत तथा नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका अध्यक्ष बिरेन्द्र सिंह धामीले बिद्यार्थीहरुलाई बिद्यालय पोशाक अन्तर्गत जुत्ता सहयोग गर्नू भएको छ । भुमिराज आधारभुत बिद्यालय दुहुँ २ कम्दामा शिशु कक्षा देखी ८ कक्षा सम्म अध्ययनरत ६५ जना छात्र छात्रालाई बिद्यालय पोशाक अन्तर्गत जुत्ता सहयोग गर्नु भएको बिद्यालयले जनाएको छ ।
दुहुँ २ हिकिला घर भएका निमित्त हुलाक अधिकृत धामी भुमिराज आविका भुतपुर्ब बिद्यार्थी पनि हुन । त्यस्तै महाकाली नगरपालिका वडा नम्वर ४ खलंगा निवासी न्यु महाकाली फेन्सी स्टोर खलंगा दार्चुलाका संचालक दिपेन्द्र सिंह ऐरिले मोजा र स्टेसनरी सामान सहयोग गर्नू भएको छ । आईतवार विद्यालयका प्रधानाध्यापकलाई बिद्यालयमै गई हस्तान्तरण गर्नु भएको हो । बिद्यालयले सहयोग गर्नु हुने दुबै जनालाई धन्यवाद ज्ञापन गरेको छ । बिद्यालय पोशाक अन्तर्गत जुता र मोजा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दुहुँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सिंह बडाल रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय