दार्चुला । नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहार भएपछि नेपाल तिरका ४ नागरिक घाइते भएका छन । एक छिन नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको थियो । नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहानबाट दुबै तिरका नागरिक घाइते भएका छ्न । नेपाल तिर स्थानीयहरुले पुल बन्द गरेको केही समयमा भारतका SDM देबिशासनी सहित केही सुरक्षाकर्मी नेपाल आउन खोज्दा पुलको ढोका नखुले पछि बिच पुलबाटै भारत तर्फ फर्किएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका प्रमुख, स्थानीय राजनीति दलका नेताहरू सीमा क्षेत्रमा पुगेका थिए । नेपाली अधिकारी नेपालबाट भारत गएर भारती अधिकारीहरु संग छलफल गरि बन्दा भएको २ घण्टा पछि पुल पुनः सुचारु भएको हो । दुबै देशलाइ हानी नोक्सान हुने नगरी निर्माण कार्य गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकार दीर्घराज उपाध्ययले जानकारी दिए ।
भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए हुन । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।
