दार्चुला: नेपाल–भारत समन्वय बैठक आज भारतको धारचुलामा बस्ने भएको छ ।

भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धका बारेमा विवाद उत्पन्न भएपछि समन्वय र सहकार्यका लागि बैठक बस्न लागेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । बैठक धारचुलाको विश्राम गृह लोक निर्माण विभागमा मध्यान्ह १२ बजे बस्ने जनाइएको छ ।

भारतले महाकाली नदीमा नेपालतर्फ धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरिरहेकोप्रति स्थानीयहरुले आइतवार ढुंगामुंगा गर्नुका साथै सीमा पुल बन्द समेत गरेका थिए । तटबन्ध निर्माणका क्रममा विवाद उत्पन्न भएपछि नेपाली प्रशासनको आग्रहमा पिथौरागढका डिएमको उपस्थितिमा बैठक डाकिएको हो ।

बैठकमा भारतको पिथौरागढका जिल्लाअधिकारी रीना जोशी, नेपाल तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय सहभागी हुनेछन् । यस्तै बैठकमा भारतको लोक निर्माण विभाग, सिंचाइ निर्माण खण्ड, भारतीय सीमा सुरक्षा बल लगायत सम्बद्ध निकायलाई आमन्त्रण गरिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय