दार्चुला । जिल्लाको व्याँस गाउँपालिका-२ दोपखे क्षेत्रमा भारतले नेपालको अनुमती बिनै बलास्टिङ गरिरहेको पाइएको छ । गोप्य स्रोतका अनुसार भारतको पेल्सिटी झरना र नेपालको दोपखे क्षेत्रमा बलास्टिङ गरिरहेको हो । भारतीय क्षेत्रबाट महाकाली नदिमा पहिरो खसेर नदि थुनिदा भारतलाई सडक निर्माणमा बाधा परेको बुझिएको छ । महाकाली थुनिएर सडक सम्मै पानीको सतह पुग्दा निर्माण कार्यमा अप्ठ्यारो भएपछि नदि खुलाउन नेपालतर्फ आएर बलास्टिङ गरिरहेको खुल्न आएको हो ।
भारतले उत्त कार्य मंसिर १८ गतेदेखि गरिरहेको भएपनि स्थानीय प्रशासन र सुरक्षा निकायमा भने जानकारी नआएको बुझिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs
