दार्चुला । घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकी एक महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । मालिकार्जुन गाँउपालिका वडा नम्बर ५ डाडाकोटकी ३४ बर्षिया लक्ष्मी लोहारलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । आईतबार साँझ गाउँ नजीकै रहेको दुनि भिरमा घाँस काट्ने क्रममा लडेरको र उपचारको लागि मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । नजीकै स्वास्थ्य चौकी रहेपनि सो ठाँउमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल दार्चुला ल्याइएको हो । उनको टाउकोमा गहिरो चोट रहेकाले जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभए पछि नेपाली सेनाको एन ०६१ नम्वर कल साइनको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सुचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी हिमन्ती साउदले जानकारी दिए । मालिकार्जुन गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष मदन चन्द,मालिकार्जुन गाउँपालिका र जिल्ला प्रशासन कार्यालय दार्चुलाको पहलमा हवाई उद्दार गरिएको हो । घाईत लोहारको अहिले नेपालगंजमा रहेको मेडीकल कलेजमा उपचार भैरहेको छ ।
