दार्चुला । नेपाल प्रहरीले जिल्लाको महाकाली नगपालिका वडा नं ४ बंगाबगरस्थित एक किराना पसलबाट चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको जनाएको छ ।

मंगलबार बेलुकी करिब ७ बजेतिर बंगाबगरस्थित महादेब किराना पसलबाट ३ किलो ८ सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी गोविन्द प्रसाद भण्डारीले जानकारी दिए ।

प्रहरीले किराना पसलका संञ्चालक विर सिह लोथ्याललाई नियन्त्रणमा लिएको छ । यस बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय